१० मंसिर २०८१, सोमबार
ताजा खबर

लुम्बिनी प्रादेशिक अस्पातालमा फार्मेसी बाटिका बनाईँदै

नागरिक पोष्ट

मंगलवार, २ माघ २०८०

7498 views

7498 views

लुम्बिनी प्रादेशिक अस्पातालमा फार्मेसी बाटिका बनाईँदै

रुपन्देही । नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका पार्क बनाउने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागेको फार्मेसी बाटिकाको मंगलबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

अस्पतालको प्रस्तावमा संघले ओपिडि भवनको अगाडि डेढ कट्ठामा निर्माण गर्न लागिएको पार्क निर्माणको लागि १० लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । पार्कको शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले पार्क निर्माणमा नगरपालिकाको पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले संघले जहाँ औषधि त्यहा फर्मासिष्ट भन्ने नारा अगाडि सारेको बताउँदै तीनै तहका सरकारलाई सोही अनुसार नीति लिन पनि आग्रह गर्नुभयो । उहाँले नेपालमा कानुनी रुपमा पनि फार्मेसी बाहेकले औषधि वितरण लगायतका गतिविधी गर्न नपाउने बताउँदै कानुनको कार्यान्वयनलाई जोड दिनुभयो । करिव १० लाख रुपैंया लागत अनुमान गरिएको उक्त बाटिका पार्क करिव तीन महिनामा निर्माण सम्पन्न हुने नेपाल फार्मेसी संघ रुपन्देहीका सचिव उदय खत्रीले जानकारी गराउनु भयो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?