८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नागरिक पोष्ट

सोमबार, १ माघ २०८०

7294 views

7294 views

पेट्रोलियम पदार्थको मूल्य  घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो। निगमले प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो।

नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १६३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६५ र तेस्रोमा १६६ रुपैयाँ प्रलिलिटर कारोबार हुनेछ। यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५३ रुपैयाँ ५० पैसा, दोस्रोमा १५५ र तेस्रोमा १५६ रुपैयाँ प्रतिलिटर कायम हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?