८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

माघ पहिलो साता काठमाडौंमा पानी पर्ने सम्भावना

नागरिक पोष्ट

सोमबार, १ माघ २०८०

7345 views

7345 views

माघ पहिलो साता काठमाडौंमा पानी पर्ने सम्भावना

काठमाडौं। अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ  ।  देशका विभिन्न स्थानमा हिउँदे वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार पश्चिमी वायु र बंगलादेशको दक्षिण आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले आजदेखि कम्तीमा ३ दिनसम्म नेपालका विभिन्न स्थानमा पानी तथा हिउँ पर्ने सम्भावना देखिएको हो।  महाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको जानकारी दिए।  आजदेखि ३ दिन अर्थात् बुधबारसम्मै देशका विशेषगरी पहाडी भेगमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने सम्भावना देखिएको महाशाखाले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?