७ कार्तिक २०८१, बुधबार

ताजा खबर

जाडोमा हार्टअट्याकबाट कसरी बच्ने ?

नागरिक पोष्ट

शनिबार, २८ पुष २०८०

10422 views

10422 views

जाडोमा हार्टअट्याकबाट कसरी बच्ने ?

विज्ञहरुका अनुसार मुटुका बिरामिहरुलाई जाडो मौसममा हार्टअट्याकको खतरा ३१ प्रतिशतले बढ्ने गर्छ । राति सुत्दा शरीरको रक्तचाप र चिनीको मात्रा कम हुन्छ । बिहान अटोमेटिक नर्वस सिस्टम सामान्य बनाउको लागि चिसो मौसमा मुटुलाई काम गर्न धेरै मेहनत गर्नुपर्छ । जसको कारण हार्टअट्याकको खतरा बढ्न जान्छ ।

जाडो मौसममा हार्टअट्याकबाट बच्ने उपायहरु

नुन कम खाने :मुटु स्वस्थ राख्नको लािग रक्तचापलाई पनि नियन्त्रण राख्नुपर्छ । जाडो मौसममा जति सकिन्छ त्यति नै नुनको प्रयोग कम गर्नुपर्छ । शरीरमा नुनले पानी रोकेर राख्ने काम गर्छ । जसले गर्दा मुटले यस्तो तरल पदार्थ पम्प गर्न धेरै मेहनत गर्नुपर्छ । जसले हार्टअट्याकको जाखिमलाई बढाउँछ ।

पानी सिमित मात्रमा पिउने : चिसो मौसममा मानिसहरुले कम पानी पिउने गर्छन् । यो मौसममा पानी कम पिउनु मुटुको लागि फाइदाजनक नै मानिन्छ । विज्ञका अनुसार यो मौसमा पानी कम पिँउदा मुटुले तरलपदार्थ पम्प गर्न धेरै मेहनत गर्नुपर्दैन र मुटुलाई फाइदा पुग्छ ।

बिहान छिट्टै नउठ्ने : जाडो मौसममा मुटुका बिरामिहरु बिहान छिट्टै उठ्नु हुँदैन । बिहान शरीरको नशा खुम्चिरहेको हुन्छ । यस्तो अवस्थामा शारीरिक व्यायाम र मर्निङ्ग वाक गर्दा शरीरमा अझ धेरै हानी पुग्न सक्छ । यसले गर्दा हल्का घाम लागेपछि मात्र बाहिर निस्केर शारीरिक व्यायाम गर्नुपर्छ ।

चिल्लो पदार्थ कम खाने : जाडो मौसममा मानिसहरु तारेको अथवा भुटेको खाने कुराहरु खान मन पराउँछन् । यस्तो खानेकुराहरुले खराब कोलेस्ट्रोलको मात्रा बढ्छ र हार्टअट्याक हुने जोखिम पनि बढि हुन्छ ।

तनाव मुक्त रहने :  तनावका कारण पनि मुटु सम्बन्धी समस्या देखिन जान्छ । त्यसैले तनावबाट मुक्त रहने गर्नुहोस् र बेलाबेलामा मुटुको परीक्षण गराउने गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?