७ कार्तिक २०८१, बुधबार

ताजा खबर

भक्तपुर मनोहरा क्षेत्रमा चरा गणना सुरू

नागरिक पोष्ट

शनिबार, २८ पुष २०८०

6546 views

6546 views

भक्तपुर मनोहरा क्षेत्रमा चरा गणना सुरू

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ ।

एक सय छ प्रजातिका चरा भेटिएको यस क्षेत्रमा गत फागुनमा भएको गणनामा भने काठमाडौँ उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुइँ रविन (पाइड ह्वीटर) प्रजातिका चरासहित ८६ प्रजातिका चरा भेटिएर अभिलेखीकरण गरिएको थियो ।

वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा पन्छी गणना शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?