१९ चैत्र २०८१, बुधबार
ताजा खबर

एनसेल छानविन समितिको एक महिना सकियो, तर अझै तयार भएन प्रतिवेदन, छानबिनमा आशंका

नागरिक पोष्ट

बिहीबार, २६ पुष २०८०

12496 views

12496 views

एनसेल छानविन समितिको एक महिना सकियो, तर अझै तयार भएन प्रतिवेदन, छानबिनमा आशंका

काठमाडौं  । ८० प्रतिशत शेयर स्वामित्व खरिद–बिक्रीको विषयमा छानविन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित ५ सदस्यीय उच्चस्तरीय समितिको एक महिने म्याद पुस २४ गते सकिएको छ । तर समितिले अझै अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाएको छैन ।
समितिले पुनः माघ १५ सम्मको समय थप गरिदिएको छ  ।  एनसेलले अझैसम्म नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणमा शेयर खरिदबिक्रीको सम्झौताको पत्र बाहेक अरु कुनै डकुमेन्ट नै बुझाएको छैन दुरसंचार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

शेयर खरिदबिक्रीका लागि प्राधिकरणबट पूर्वस्विकृती अनिवार्य सर्त हो । प्राधिकरणको स्विकृतीपछि मात्र कम्पनी रजिष्ट् ारकार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउन सक्छ ।  सरकारद्वारा गठित समितिले पनि प्राधिकरण र एनसेलबाट कुनै पनि कागजात नपाएको बताइएको छ । यसले छानविनमा आशंका उब्जाएको सांसद सुमना श्रेष्ठले शिक्षा समितिको बैठकमा ध्यानाकर्षण गराएकी थिइन ।

समितिलाई कुनै पनि कागजात नबुझाउनु र अनुसन्धान गर्दै गर्दा नियामक निकायको अध्यक्षलाई नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै दबावमा राजीनामा दिन बाध्य पार्नुले छानविन माथि थप आंका बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?