बिहीबार, २६ पुष २०८०
7243 views
7243 views
काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको हो ।
साथै अदालतले ३ लाख जरिवाना र पिडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश समेत दिएको छ ।