७ कार्तिक २०८१, बुधबार

ताजा खबर

भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात : सचेतक बतौला

नागरिक पोष्ट

बुधबार, २५ पुष २०८०

7243 views

7243 views

भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात : सचेतक बतौला

काठमाडौं   । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासलाई नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न दिने सम्झौता राष्ट्रघात भएको बताएका छन् ।

आज सिंहदरबारमा बसेको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको दाबी गरे ।


उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्दै भने, ‘नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो रु नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानलाई जोगाउने गरी यो सम्झौता भएको छ र यो कुरा ठोकुवाका साथ भन्न सक्नुहुन्छ रु सम्झौतप्रति तपाई गर्व गर्दै हुनुहुन्छ तर यो सम्झौताले राष्ट्रघात भएको छ । स्वाभिमानको जरा काट्ने काम भएको छ ।’

यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको सचेतक बर्तौलाले बताए । भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरूले पाउनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?