७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेत्रहीन महिला संघद्वारा सम्मान कार्यक्रम तथा छात्रवृत्ति, पुरस्कार,प्रमाणपत्र वितरण

नागरिक पोष्ट

बुधबार, २५ पुष २०८०

15981 views

15981 views

नेत्रहीन महिला संघद्वारा सम्मान कार्यक्रम तथा छात्रवृत्ति, पुरस्कार,प्रमाणपत्र वितरण

काठमाडौँ  । नेत्रहीन महिला संघ नेपालको आयोजना तथा नेपाल नेत्रहीन संघ, ब्राइट स्टार सोसाइटी, दिव्य ज्योति फाउन्डेसन लगायतका संघ संस्थाहरूको साझेदारीमा हिजो पुस २४ गते नेपाल नेत्रहीन संघको तत्कालीन महिला उपाध्यक्ष तथा नेत्रहीन महिला संघको पहिलो संयोजक स्वर्गीय कमला श्रेष्ठको स्मृति दिवसको अवसरमा दृष्टिविहीन अपाङ्गता भएका अभिभावकहरूका बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू, स्कुल ब्याग, स्विटर, उच्च शिक्षा अध्ययन गर्ने महिला दृष्टिविहीन विद्थार्थीहरुलाई छात्रवृत्ति प्रदान कार्यक्रमको आयोजना गर्योस ।
 
कार्यक्रमका प्रमुख अतिथि एवं स्नेही काखका अध्यक्ष श्रीनेहा पोखरेलले दृष्टिविहीन अपाङ्गता भएका महिलाहरू सबैको प्रेरणाको श्रोत भएको र आफ्नो तर्फबाट दृष्टिविहीन बालबालिकाहरूको शिक्षाको लागि सहयोग गर्ने भन्दै वार्षिक रूपमा रु १ हजार प्रदान गर्ने बताउनु भयो ।
 
त्यसै गरी नेपाल सरकारको उपसचिव तथा बालबालिका विभागकी निर्देशक निरा अधिकारीले सबै अपाङ्गता भएका व्यक्तिहरूको हक हित सुनिश्चित हुनु पर्ने भन्दै दृष्टिविहीन महिलाहरूको उच्च शिक्षाको लागि यस नेत्रहीन महिला संघले महत्त्वपूर्ण काम गर्दै आएको बताउनु भयो । साथै उहाँले कमला श्रेष्ठको अपाङ्गता भएका व्यक्तिहरु प्रतिको योगदानको स्मरण गर्दै आगामी दिनमा उहाँले देखाएको बाटो अवलम्बन गर्ने भन्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भयो ।
 
उक्त कार्यक्रममा आयोजक संस्था नेत्रहीन महिला संघकी अध्यक्ष सिता सुवेदीले  स्वर्गीय कमला श्रेष्ठले अपाङ्गता अधिकार तथा दृष्टिविहीन अधिकारका लागि कोरको गोरेटोलाई पछ्याउँदै नेत्रहीन महिलाहरूको शिक्षा, रोजगार, न्यायमा पहुँच लगायतका विषयमा सरकार समक्ष वकालत तथा पैरवी गर्दै आएको बताउनु भयो ।  
 
त्यसै गरी नेत्रहीन महिला संघका सल्लाहकार सुरेशराज भण्डारीले स्वर्गीय कमला श्रेष्ठ अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि निरन्तर अगाडि बढ्नु भएको, अपाङ्गता क्षेत्रमा ठुलो योगदान पुर्याधउनु भएको उहाँको योगदानलाई भुल्न नहुने बताउनु भयो । 

 
यसै क्रममा वरिष्ठ समाज सेवी तथा चित्रकार हरि बहादुर शर्मा र पौडेलले अपाङ्गता हुँदैमा हरेस खान नहुने भन्दै क्षमता सबैमा हुने र उक्त क्षमतालाई उपयोग गर्ने अवसरको खोजी गर्नु पर्ने बताउनु भयो ।
 
२० औ कमला स्मृति दिवसका अवसरमा नेत्रहीन महिला संघ नेपालले सो कार्यक्रममा अस्ट्रेलिया निवासी पूर्ण दृष्टिविहीन समाज सेवी इन्द्र रिजालले पुण्य फाउन्डेसन मार्फत दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका लागि पुर्यादउनु भएको योगदानको कदर गर्दै सम्मान पत्र सहित सम्मान पनि गरेको थियो । सम्मान ग्रहण पश्चात् उहाँले आफू अस्ट्रेलियामा रहेर पनि नेपालमा रहेका दृष्टिविहीन अपाङ्गता भएका ५ जना महिलाहरूलाई पुण्य फाउन्डेसन मार्फत उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्न पाउँदा खुसी व्यक्त गर्दै व्यक्तिगत रूपमा आफैले बर्सेनि न्यानो कपडा वितरण गर्ने बताउनु भयो ।
 
कार्यक्रममा लुइस ब्रेलको जन्म दिवस जनवरी ४ को अवसरमा नेत्रहीन महिला संघ काठमाडौँ उपत्यका शाखाले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम हुने सुजन मगरलाई रु २ हजार, दितिय हुने मञ्जु अधिकारीलाई रु १ हजार र तृतीय हुन सफल जानुका खनाललाई रु ५ सय नगद सहित प्रमाण पत्र पनि वितरण गरिएको थियो । 
 
त्यसै गरी दिव्य ज्योति फाउन्डेसनको तर्फबाट वरिष्ठ समाज सेवी तथा अनल ज्योति स्कुलकी संस्थापक ज्योति के।सी।, नेपाल सरकारकी उपसचिव तथा बालबालिका विभागकी निर्देशक निरा अधिकारी, ओम प्रकाश बन्जाडे लगायत का ११ जना व्यक्तित्वहरूले नेत्रहीन महिला संघ नेपाल मार्फत दृष्टिविहीन अभिभावकका छोराछोरीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान गर्नु भयो ।
नेत्रहीन महिला संघले २० औ कमला स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजना गरेको दृष्टिविहीन अभिभावकका बालबालिकाहरूलाई शैक्षिक सामग्री, छात्रवृत्ति, पुरस्कार तथा प्रमाणपत्र वितरण एवं सम्मान कार्यक्रममा ५ जना दृष्टिविहीन अपाङ्गता भएका महिलाहरूलाई उच्च शिक्षा अध्ययनको लिग कमला स्मृति कोषबाट छात्रवृत्ति, ५ जना दृष्टिविहीन अपाङ्गता भएका महिलाहरूको उच्च शिक्षा अध्ययन कै लागि पुण्य फाउन्डेसनको तर्फबाट छात्रवृत्ति प्रदान गरिएको थियो । सो कार्यक्रममा २५ जना दृष्टिविहीन बालबालिकाहरू, महिलाहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?