७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एक वर्षमा १६ लाखभन्दा बढी नेपाली बिदेशिए

नागरिक पोष्ट

मंगलवार, २४ पुष २०८०

5832 views

5832 views

एक वर्षमा १६ लाखभन्दा बढी नेपाली बिदेशिए

काठमाडौं । अध्यागमन विभागले सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेको जनाएको छ।

विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १६ लाख ३ हजार ८ सय ३६ नेपाली विदेश गएका हुन्। तीमध्ये ७० हजार जनाले स्थायी रुपमा विदेश बस्ने गरी देश छाडेका छन्।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी २ लाख ७१ हजार ८८ जना संयुक्त अरब एमिरेट्स (यूएई) गएका छन् । यसैगरी भारत जानेको संख्या १ लाख ८० हजार ६ सय २ छ भने १ लाख ७९ हजार ४४१ जना कतार पुगेका छन्।

यस्तै, मलेसिया १ लाख ६५ हजार २०१, साउदी अरेबिया १ लाख ३६ हजार २०३ तथा अष्ट्रेलिया १ लाख ५ हजार ३४३ रहेका छन् ।

विभागका अनुसार सन् २०२३ मा स्थायी बसोबास गर्ने उद्देश्यले ७० हजार ९१५ नेपाली विदेश गएका छन्। जसमा पुरुष ३६ हजार ६ सय ६३ र महिला ३४ हजार २५१ छन्।

विभागको तथ्याङ्कअनुसार युद्धग्रस्त देश रुस जाने नेपालीको संख्या १ हजार ७९५ रहेको छ भने ९५ जना युक्रेन पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?