७ कार्तिक २०८१, बुधबार

ताजा खबर

पूँजी बजार र बीमा सुधारका लागि सरकारले विशेष गृहकार्य गर्दैछ - प्रधानमन्त्री प्रचण्ड

नागरिक पोष्ट

सोमबार, २३ पुष २०८०

6393 views

6393 views

पूँजी बजार र बीमा सुधारका लागि सरकारले विशेष गृहकार्य गर्दैछ - प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजी बजार र बिमा सुधारका लागि गम्भीर भएर गृहकार्यमा सरकार लागेको बताएका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, ‘पूँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा म चिन्तित छु र सुधारका लागि गम्भीर गृहकार्यमा छु, भनेका हुन् ।

यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको उनले बताए । उनले भने, ‘उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २।७ प्रतिशत बिन्दुले कम भएको छ । यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन । उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ । बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार व्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ। भुक्तानी सन्तुलन झण्डै १५० अर्ब रुपैंयाले सकारात्मक रहनु र विगत कैयौं वर्षदेखि घाटामा रहेका चालु खाता समेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?