आईतवार, २२ पुष २०८०
15813 views
15813 views
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि जारी गरिएको सूचना रद्द गरिएको छ । गत शुक्रबार प्रकाशन गरिएको दरखास्तका सूचना रद्द गरिएको हो ।
त्रिविमा पुरानै तरिकाले उपकुलपति बनाउने तयारी स्वरुपको विज्ञापन खोलेपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ९प्रचण्ड०ले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएका थिए ।