७ कार्तिक २०८१, बुधबार

ताजा खबर

वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा पोखरामा, आज र भोलि नि:शुल्क स्किन टेष्ट सेवा दिइँदै

नागरिक पोष्ट

शुक्रबार, २२ मंसिर २०८०

3535 views

3535 views

पोखरा । नेपालको नम्बर वान व्युटी सैलुन फेसियल हाउसकी सञ्चालिका तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा विशेष व्युटी ट्रिटमेन्टका लागि पोखरा आएकी छिन् । 

हिजो बिहीबार पोखरा आएकी महराले आज र भोलि (मंसिर २२ र २३ गते) आफ्नो पोखरास्थित आउटलेटमा स्किन टेष्ट तथा अनुहारको विभिन्न समस्याबारे नि:शुल्क परामर्श सेवा दिइरहेकी छिन् ।

महरासँग परामर्श लिन चाहानेले पोखराको चिप्लेढुंगास्थित पोखरा ट्रेडमलमा रहेको फेसियल हाउसको आउटलेटमा सम्पर्क गर्न अनुरोध गरिएको छ । 

काठमाडौंको सुन्धारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले काठमाडौं उपत्यकाभित्र सुन्धाराकै सीटीसी मल, चावहिलस्थित केएल टावर र गणेशस्थानबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । 

यस्तै उपत्यकाबाहिर पोखरासहित कैलालीको धनगढी र सुर्खेतमा आउटलेट सञ्चालन गरी सेवा दिँदै आएको सौन्दयृविद् महराले जानकारी दिइन् । 

निकट भविष्यमा चितवन र विराटनगरमा समेत आउटलेट सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?