७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रधानमन्त्री दाहाल महोत्तरीमा

नागरिक पोष्ट

मंगलवार, १९ मंसिर २०८०

3733 views

3733 views

काठमाडौँ  । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै महोत्तरी पुगेका छन् ।

आज बिहान ९ बजे बुद्ध एयरको उडानमार्फत जनकपुर हुँदै उनी महोत्तरीको बर्दिबास पुगेका हुन् । दाहाल बर्दिबासमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी त्यहाँ पुगेका हुन् ।

कार्यशालामा पार्टीको ३ महिने रूपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समीक्षा हुने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ । अहिले महोत्तरीको बर्दिबासस्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रीय सदस्यहरूसँग बैठक प्रारम्भ भएको छ ।

बैठकबाट नै रूपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरुसँग रिपोर्टिङ लिने कार्यक्रम रहेको पोलिटब्युरो सदस्य राजु खड्काले जानकारी दिए ।

यसपछि प्रधानमन्त्री  प्रचण्ड महोत्तरीकै गौशाला नगरपालिकामा पुग्ने कार्यक्रम छ । गौशालामा झण्डै १८ सय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आजै काठमाडौँ फर्किने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?