७ कार्तिक २०८१, बुधबार

ताजा खबर

इंग्लिस प्रिमियर लिग : न्युक्यासलसँग म्यानचेस्टर युनाइटेड पराजित

नागरिक पोष्ट

आईतवार, १७ मंसिर २०८०

3475 views

3475 views

काठमाडौँ ।  इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ । गएराति सेन्ट जेम्स पार्क न्युक्यासलमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले पराजित गर्दै न्युक्यासल विजयी बनेको हो । 

न्युक्यासलका लागि एन्थोनी गोर्डनले गोल गरेका थिए । उनले खेलको ५५औँ मिनेटमा गरेको गोल नै न्युक्यासलकाे जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै न्युक्यासल १४ खेलबाट २६ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । पराजित भएको म्यानचेस्टर २४ अङ्कका साथ सातौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?