आईतवार, १७ मंसिर २०८०
4473 views
4473 views
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउँसो १ बजे हेटौँडामा बस्ने बताइएको छ ।
गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिका विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।
बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने तयारी समेत गरेको छ।