६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा

नागरिक पोष्ट

आईतवार, १७ मंसिर २०८०

2695 views

2695 views

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै रियल शीर्षस्थानमा उक्लिएको हो ।

रियलको जितमा ब्राहिम डियाज र रोड्रिगोले एक–एक गोल गरेका थिए । खेलको २६औँ मिनेटमा डियाजले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५७औँ मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि दुवैतर्फबाट कुनै गोल नहुँदा रियल २–० गोलले विजयी बन्यो । यो जितसँगै रियल १५ खेलबाट ३८ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

पराजित भएको ग्रानाडा ७ अंक जोडेर १९औँ स्थानमा छ । यस्तै ३८ अंक भएको गिरोना एफसी गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका