१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

"कम्प्यूटर भिजन र एप्लिकेशन बाई लिडिंग आर्टिफिसियल इन्टेलिजेन्स” विषयक एक दिने गोष्ठी सम्पन्न

नागरिक पोष्ट

शुक्रबार, २५ फाल्गुन २०८०

17681 views

17681 views

"कम्प्यूटर भिजन र एप्लिकेशन बाई लिडिंग आर्टिफिसियल इन्टेलिजेन्स” विषयक एक दिने गोष्ठी सम्पन्न

काठमाण्डौ । अहिलेको युग भनेको प्रविधिको युग हो । प्रविधिको विकास क्रमसँगै नयाँ नयाँ प्रविधिका बारेमा जानकारी राख्नुपर्ने आजको आवश्यकता हो । त्यसै आवश्यकतालाई महसुस गरी सन वे कलेज र क्यान महासंघको उमेन इन आईसिटी कमिटीले “कम्प्यूटर भिजन र एप्लिकेशन बाई लिडिंग आर्टिफिसियल इन्टेलिजेन्स” विषयक एक दिने गोष्ठी काठमाण्डौमा सम्पन्न गरेको छ ।
 ११४औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित उक्त गोष्ठीमा विभिन्न कलेजका बीएससिआइटी, ईन्जिनियरिङ्ग, विष्या अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो भने वक्ताका रुपमा भारतको शारदा युनिर्भसिटीका प्रोफेसर एवं कम्प्यूटर भिजनका विज्ञ डा।साक्षी अरोरा र अर्को वक्ता कम्प्यूटर भिजन, आर्टिफिसियल इन्टेलिजेन्स, थ्री डी भिजन र डाटा साइन्सका रिसर्च इन्जिनियर आयुष्मा पन्तले आफ्नो प्रस्तुति दिनुभएको थियो । 
कार्यक्रममा विद्यार्थीहरुलाई ए।आई सम्बन्धी सामान्य ज्ञानदेखि व्यवहारिक ज्ञानपनि दिइएको थियो । यस कार्यक्रमको प्रमुख प्रायोजक सन वे कलेज र सह प्रायोजकका रुपमा अभियान्ता फाउण्डेशन रहेको थियो । 

कार्यक्रममा क्यान फेडेरेशनका महासचिव चिरञ्जीवी अधिकारीले शुभकामना मन्तव्य दिँदै नेपालमा एआई उद्योगका लागि चाहिने सीप विकासलाई सस्थागत गर्न क्यान महासंघले सातै प्रदेशमा वर्कसप तथा कन्फरेन्स गर्ने जानकारी दिनुभयो। उक्त कार्यक्रममा  क्यान महासंघका कार्यसमिति सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

क्यान महासंघ अन्तर्गत उमेन इन आईसिटी कमिटीका रीना श्रेष्ठले कार्यक्रममा महिला दिवसको शुभकामना सहित धन्यवाद मन्तव्य दिँदै कमिटीले आईसिटी क्षेत्रमा प्रत्यक्ष, अप्रत्यक्ष भूमिका रहेका व्यक्तिहरुको अनुभव साटासाट गर्ने उद्देश्य सहित पोर्डकास्ट संचालन गर्न लागेको समेत जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका