७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मुक्त कमलहरीको एक दशक विषयक छलफल कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

शनिबार, १६ मंसिर २०८०

3819 views

3819 views

काठमाडौँ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तर्गत कमलाहरीको एक दशक स्वतन्त्र बन्धक मजदुरः अनुभव र कथाहरु कार्यक्रम आज काठमाण्डौमा सम्पन्न भएको छ । प्लान नेपाल र अथेन्टिक इन्स्टिच्युट ले शुक्रबार आयोजना गरेको कार्यक्रममा कमलाहरी प्रथाबाट पिडित भएका किशोरीहरुले सामाजिक रुपमा विभेदको सिकार भएको बताएका छन । राज्यले उपेक्षा गरेको कारण पनी आफुहरु राज्यको सेवा तथा सुविधाबाट बन्चित भएको मुक्त कमलाहरी किशोरीहरुको भनाई रहेको छ । 

कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय थारु आयोगका अध्यक्ष  विष्णु थारुले राज्यले कमलरी प्रथा अन्त्य भएको भएपनी समाजमा त्यसको अवशेसको रुपमा रहेको र राज्यले कमलरीहरुको माग सम्वोधन गर्नको लागी पहल विगतमा गरेको भएपनी बर्तमानमा शिक्षा , स्वास्थ्य यातायत लगायतका वित्तिय एवम आर्थिक पक्षमा प्रभावकारी रुपमा राज्यको संरचना लाग्नु पर्ने बताउनुभयो । 

विभेद र हिंसाका घटनामा द्रुत मार्ग ९फास्ट ट्रयाक० बाट न्यायिक प्रक्रियाअघि बढाउन सरकारले आवश्यक पहल गर्नुपर्ने उपस्थित कमलरी हरुले माग राखे   गरिएको छ । विगतको समयमा कमलरीहरुले लैङ्गिक हिंसाको सबैभन्दा बढी सिकार हुनु परेको थियो  । घरभित्रै विभिन्न  महिलामाथि हिंसा भएको तथ्यलाई सो कार्यक्रममा बताइएको थियो छ । ९ बर्ष अगाडि कमलरी मुक्त घोषण गरेपनी मुक्त कमलरीहरुले बर्तमान समय सम्मपनी जिविका चलाउन असक्षम भएको सो कार्यक्रमका वक्ताहरुको भनाई थियो ।

कमलरी  महिलामाथि भएको दोहोरो तेहरो उत्पीडन र विभेद अन्त्यका लागि प्रभावकारी कानुन र संरचनाको जरुरी रहेको कमलरीहरुको माग थियो  । मुक्त कमलहरीका विषय र कथामा परिवर्तन आएको छ । नेपालमा वर्षौंदेखि चलेको कमलहरी व्यवस्थाका कारण गरिबीबाट बाहिर निस्कन नसक्दा अझै पनि १ हजार कमलहरी आधारभूत सुविधाबाट वञ्चित छन् ।

तसर्थ मुक्त कमलहरीको दिगो व्यवस्थापनका विषयमा प्रकाश पार्न र छलफल गरिएको प्लान नेपालकी कार्यक्रम संयोजक लक्ष्मी चौधरीले जानकारी दिनुभयो । यस कार्यक्रमले मुक्त कमलहरी, सरकारी निकाय र सरोकारवालाहरूलाई एक प्लेटफर्ममा ल्याउने लक्ष्य राखेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?