७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बालकृष्ण खाँणलगायतको मुद्दाको फैसाला आज

नागरिक पोष्ट

शुक्रबार, १५ मंसिर २०८०

3530 views

3530 views

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ । हाल सो प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गराउनुपर्ने मागसहित गरिएको जबाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको हो ।

अदालतमा जारी बहसमा खाँणलगायत थुनामा रहेकाहरूको पक्षबाट वकिलहरूले उनीहरूलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाँणलगायतको मुद्दामा आज फैसाला आउने सम्भावना देखिएको हो । 

आज आउने फैसलाले खाँणलगायत थुनामा रहने कि बाहिर बसेर मुद्दा चलाउने भन्नेमा निर्क्यौल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?