७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मंसिर १४ देखि अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ आयोजना हुने

नागरिक पोष्ट

बुधबार, १३ मंसिर २०८०

3883 views

3883 views

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ आयोजना हुने भएको छ । नेपाल उद्याेग वाणिज्य महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै यही मंसिर १४ देखि १८ गतेसम्म भृकुटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण केही वर्ष रोकिएको मेलालाई निरन्तरता दिन लागिएको बताए । मेलाले आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मद्दत पुग्ने र अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताको एकै ठाउँमा भेट हुने माध्यम बन्ने उनकाे भनाइ छ।

मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट आठ/आठ स्टल रहने छन् । २१० स्टलमार्फत मेलामा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?