३१ बैशाख २०८१, सोमबार

ताजा खबर

टस जितेर पहिला बलिङ गर्दै नेपाल

नागरिक पोष्ट

शनिबार, १७ चैत्र २०८०

1786 views

1786 views

टस जितेर पहिला बलिङ गर्दै नेपाल

काठमाडौं– नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी(२० सिरिजको दोस्रो खेल आज हुँदैछ । टियु मैदानमा हुने यस खेलमा नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला ब्याटिंग गर्ने भएको छ । 

शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो । 


यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ ९क्यान०ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार शुक्रबार पहिलो खेल भएको थियो ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी(२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका