३१ बैशाख २०८१, सोमबार

ताजा खबर

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

नागरिक पोष्ट

आईतवार, १६ बैशाख २०८१

1480 views

1480 views

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी(२० सिरिजको दोस्रो खेल आज हुँदै छ । टीयू मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ए ले टस जितेको छ ।

वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।


यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १(० को अग्रता हासिल गरेको छ ।

नेपाली टिमले आजको खेलमा पाँच परिवर्तन गरेको छ । आज  लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल प्लेइङ ११ मा समावेश रहेका छन् ।


नेपालको प्लेइङ ११(रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम र सागर ढकाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका