३० बैशाख २०८१, आईतवार

ताजा खबर

त्रिसूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी’ घोषणा गरी संरक्षण गर्न माग

नागरिक पोष्ट

सोमबार, २६ चैत्र २०८०

1157 views

1157 views

त्रिसूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी’ घोषणा गरी संरक्षण गर्न माग

काठमाडौं । पर्यटन व्यवसायीहरूले त्रिशूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी घोषणा गरी संरक्षण गर्न माग गरेका छन् । त्रिशूली नदीमा ड्याम बनाएर १०० मेघावाट क्षमताको सुपर त्रिशूली जलविद्युत परियोजना सञ्चालन गर्न प्रयास भइरहेको प्रति ध्यानाकर्षण भएको भन्दै नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिजले यस्तो माग गरेका हुन् । उनीहरूले यसबारे सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेका छन् ।


नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले त्रिशूली नदी धार्मिक र सांस्कृतिक हिसावले समेत महत्वपूणर् रहेको भन्दै यसलाई संरक्षण गरेर राख्नुपर्ने बताए । ‘नेपालमा हजारौँ नदीनालाहरू छन् । त्यहाँ सयौँ जलविद्युत आयोजनाहरू निर्माण र सञ्चालन गर्न सकिन्छ, तर त्रिशूली नेपालको यस्तो नदी हो, जहाँ सबैभन्दा पहिले सन् १९६० मा जल पर्यटनको सुरूवात गरियो, र अहिलेपनि सबैभन्दा धेरै पर्यटक पुग्ने नदी हो,’ संस्थाका अध्यक्ष आलेले भने, ‘अस्ति भर्खरैमात्रै हामीले र्‍याफ्टिङमा नेपालले गोल्ड मेडल जित्यो, यो त्यही त्रिशूलीमा अभ्यास गरेर प्राप्त गरेको मेडल हो ।

विश्वका खेलाडीहरु, पर्यटकहरू त्रिशूलीमा र्‍याफ्टिङ गर्न आकर्षित छन्, र्‍याफ्टिङको यो रुटबारे विश्वलाई थाहा छ, यस्तो नदीलाई हामी किन बिगार्ने रु’ नदीमा जलविद्युत बाँध निर्माण र अतिक्रमणले साहसिक जलयात्रा पर्यटन पूणर्रुपमा विस्थापित हुने उनीहरूको भनाइ छ । त्यसबारे सर्वोच्च अदालतमा परेको रिटमा मंगलबारका लागि पेशी तोकिएको र सम्बन्धित सबैलाई छलफलका लागि बोलाइएको अध्यक्ष आलेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका