१८ बैशाख २०८१, मंगलवार

ताजा खबर

सगरमाथाको फेदमा अपाङ्गता रोकथाम शिविर

नागरिक पोष्ट

सोमबार, २६ चैत्र २०८०

1089 views

1089 views

सगरमाथाको फेदमा अपाङ्गता रोकथाम शिविर

सोलुखुम्बु ।  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर सकिएको छ ।

कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको थियो ।


राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ बाट चैत १७ गते सुरु गरिएको घुम्ती शिविर वडा नं ४ मा पुगेर हिजो समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले जानकारी दिए ।

उनका अनुसार सबै वडामा भएको उक्त घुम्ती शिविरबाट एक सय १३ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र तथा आवश्यकता पहिचान सेवा लिएका थिए ।


पूर्ण अपाङ्गता ९क वर्ग०, अति अशक्त अपाङ्गता ९ख वर्ग०, मध्यम अपाङ्गता ९ग वर्ग० र सामान्य अपाङ्गता ९घ वर्ग० गरी ९८ जनाले परिचयपत्र प्राप्त तथा नवीकरण गरेको गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक टासील्हामु शेर्पाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका