१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

नाभाल्नीको जेलमै मृत्यु, अन्त्यष्टिमा हजारौ समर्थक भेला भएर भने, ' पुटिनबाट रुस छिट्टै स्वतन्त्र हुनेछ’

नागरिक पोष्ट

शनिबार, १९ फाल्गुन २०८०

10711 views

10711 views

नाभाल्नीको जेलमै मृत्यु,  अन्त्यष्टिमा हजारौ समर्थक भेला भएर भने, ' पुटिनबाट रुस छिट्टै स्वतन्त्र हुनेछ’

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटनका सबैभन्दा कडा आलोचक एलेक्सी नाभाल्नीको अन्त्यष्टि गरिएको छ ।

१६ फेब्रुअरीमा जेलमै मृत्यु भएका नाभाल्नीको अन्त्यष्टि ढिला गरी मार्च १ शुक्रबार मात्र भएको हो । उनको अन्त्यष्टिमा उपस्थित भएर नारावाजी नगर्न मस्को प्रशासनले चेतावनी नै दिएको थियो । तर, नाभाल्नीका धेरै समर्थकहरु गिरफ्तारीमा पर्ने डरका बीचमा पनि अन्त्यष्टिका लागि सहभागी भएका थिए ।
अन्त्यष्टि समारोहमा अमेरिका, फ्रान्स, जर्मनीलगायत देशका राजदूतले पनि नवल्नीलाई श्रद्धाञ्जली दिएका छन् । यसैगरी नाभाल्नीका आमाबाबुले मस्कोको चर्चमा अन्त्येष्टि समारोहमा भाग लिए । समर्थकहरुले ‘धन्यवाद नाभाल्नी’, ‘पुटिन बिनाको रुस’, ‘रुस छिट्टै स्वतन्त्र हुनेछ’ जस्ता नारा लगाएका थिए । यस अवधिमा सयौं प्रहरी पनि तैनाथ गरिएको थियो । चर्च बाहिर उपस्थित मानिसहरू रोएर गुलाब र अन्य फूलहरू भित्र फालेका थिए ।

न्युयोर्क टाइम्सले उक्त समारोहलाई प्रत्यक्ष देखाउने वेबसाइटलाई उद्धृत गर्दै अन्तिम विदाईको समयमा करिब २ लाख ५० हजार मानिसले यसलाई अनलाइन हेरेको बताएको छ । 
गत फेब्रुअरी १६ मा पुटिन विरोधी नेता नाभाल्नीको जेलमै मृत्यु भएको थियो । उनको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । रुसको सबैभन्दा खतरनाक जेल पोलर वुल्फमा नाभाल्नीको मृत्यु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका