३१ बैशाख २०८१, सोमबार

ताजा खबर

बाढीमा १५५ व्यक्तिको मृत्यु, २३६ जना घाइते

नागरिक पोष्ट

शनिबार, १५ बैशाख २०८१

4064 views

4064 views

बाढीमा १५५ व्यक्तिको मृत्यु, २३६ जना घाइते

काठमाडौँ । तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमा १५५ जनाको मृत्यु भएको छ । वर्षाका कारण १५५ जनाको मृत्यु भएको छ भने अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले बिहीबार संसद्लाई जानकारी गराएका हुन् । 

तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको छ, जसका कारण दुई लाख मानिस प्रभावित भएका छन् भने १० हजार घरमा क्षति पुगेको मजालिवाले सदन समक्ष जानकारी गराए । मजालिवाका अनुसार बाढीबाट अति प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न आदेश दिने जस्ता थप विपत्तिपूर्ण अवस्था आउन नदिन सरकारले कदम चालेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका