३१ बैशाख २०८१, सोमबार

ताजा खबर

काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर

नागरिक पोष्ट

बुधबार, २८ चैत्र २०८०

1599 views

1599 views

काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर

काठमाडौँ। काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २५७ रहेको छ ।

त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २३८ छ । अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थ अवस्थामा रहेको छ ।


त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन वातावरण पनि अस्वस्थ रहेको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपतकालीन अवस्था मानिएको छ ।


अहिले काठमाडौँको वायु प्रदुषण बढ्नुमा जङ्गलमा लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ ।

मौसम विभागले काठमाडौँमा अझै केहि दिन वायु प्रदुषणको अवस्था रहने र यो केही दिन पूर्णरुपमा हट्ने सम्भावना नरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका