१६ बैशाख २०८१, आईतवार

ताजा खबर

आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि व्यवसायमा सकृय दिपक प्रसाद न्यौपाने

नागरिक पोष्ट

शनिबार, २८ पुष २०८०

13465 views

13465 views

आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि व्यवसायमा सकृय दिपक प्रसाद न्यौपाने

दिपक प्रसाद न्यौपाने कृषि अभियन्ता साथै उद्यमी व्यवसायी हुनुहुन्छ । वि. स. २०३६ साल साउन २५ गतेको दिनमा पाल्पा जिल्ला स्थित जाल्पा गा.वि.स. मा उहाँको जन्म भएको हो । पिता बुद्धिसागर न्यौपाने र माता टिका कुमारी न्यौपानेका तीन भाई छोरा र एक छोरी अर्थात कुल चार सन्तान मध्येमा उहाँ माईला हुनुहुन्छ । उहाँ हाल स्थायी रुपमा बर्दघाट न.पा. ४, नवलपरासी साथै टोखा न.पा. वडा नं. ७, काठमाडौंमा बसोबास गर्दै आउनुभएको छ । न्यौपानेले व्यवस्थापन संकाय अन्तर्गत वि.वि.एस. सम्मको अध्ययन पुरा गर्नुभएको छ । अध्ययन गर्दै शिक्षण पेशा र विभिन्न उद्योग, संघसंस्था गरि १० वर्ष सम्म जागिरे जीवन व्यथित गर्नुभए पस्चात उहाँ विगत १५ वर्षदेखी व्यापार व्यवसायमा सकृय रहदै आउनुभएको छ । आँफै केही गर्नुपर्छ भन्ने भावनाका साथ आफू व्यापार व्यवसायमा होमिएको उहाँ बताउनुहुन्छ ।त्यसो त यस माझमा उहाँले उद्योग, ट्रेडिङ्ग (मार्ट), आयात र कृषिसँग सम्बन्धीत उत्पादन, बिक्री वितरण जस्ता उद्योग व्यापारको क्षेत्रमा आफूलाई स्थापित गराउन सफल हुनुभएको छ ।

कृषि कर्मदेखी आयातित सामानलाई नेपाली कच्चा पदार्थबाट उत्पादन गर्ने सम्मका काममा उहाँले हात हाल्नुभएको छ । न्यौपाने आधा दर्जन जति व्यापारिक तथा व्यवसायीक संस्थाहरुमा आवद्ध हुनुहुन्छ । उहाँ एन.सि. एग्रोटेक इण्ष्स्ट्रीज प्रा.लि., कृषक ग्रुप प्रा.लि., लक्ष्य नेपाल ट्रेडिङ्ग प्रा.लि. र एच एम इण्डष्ट्रीजका संस्थापक सञ्चालक हुनुहुन्छ । वित्तियतर्फ उहाँ हिमालचुली कृषि सहरकारी संस्था लिमिटेडमा उपाध्यक्ष पदमा आसिन हुनुहुन्छ भने सांगठनिक रुपमा राष्ट्रिय कृषि तथा व्यापार व्यवसाय संघसंस्थाहरु मार्फत सल्लाहकार तथा पदाधिकारी रही योगदान पुर्याउदै आउनु भएको छ ।

आफना उत्पादनहरु नेपालका विभिन्न शहर स्थित होटल, रेष्टुरेन्ट, वैङ्वेट तथा क्याटरिङ,रिर्सोट र स्टार होटलहरुमा सहजरुपले आपुर्ति हुँदै आएको उहाँ बताउनुहुन्छ । देशलाई कृषिमा अत्मनिर्भर बनाउदै उत्पादनशिल क्षेत्रमार्फत अर्थतन्त्रलाई टेवा पुर्याउने उदेश्यका साथ आफु लागिपरेको न्यौपानेको भनाई छ । त्यसो त उहाँले कृषिलाई पहिलो प्राथमिकता दिदै देशको अर्थतन्त्रलाई सबल बनाउने र स्वदेशमै स्वरोजगार भई करिब २०० जनालाई निरन्तर रोजगार दिदैं आउनु भएको पनि छ । उहाँ सम्बद्ध कम्पनीले नेपाललाई सिंकामा आत्मनिर्भर तुल्याउनुका साथै ठुलो स्केलमा च्याउ लगायतका कृषि उपज उत्पादन गरि उत्पादनशिल क्षेत्रमार्फत राष्ट्र सेवामा विशिष्ठ योगदान पुर्याउदै आएका छन् ।

समाज प्रति उत्तरदायि भई विभिन्न संघसंस्थाहरु मार्फत तथा व्यक्तिगत रुपमा पनि उहाँ मानवसेवा, सामाजिक तथा धार्मिक कार्यमा विगत लामो समय देखी निकै सकृय हुनुहुन्छ । न्यौपानेले व्यवसाय तथा समाज सेवामार्फत पुर्याउदै आउनु योगदानको कदर गर्दै विभिन्न सामाजिक संघ संस्था तथा निकायहरुले उहाँ लाई सम्मान समेत गरेका छन् । यस माझमा उहाँ राष्ट्रिय कृषि सेवा २०८०,राष्ट्रिय सेवा २०८० सम्मान लगायत विभिन्न सामाजिक संघसंस्थाहरुबाट पटक पटक सम्मानीत हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका