१२ असार २०८१, मंगलवार

ताजा खबर

कबाड व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन

नागरिक पोष्ट

आईतवार, ३ असार २०८१

1293 views

1293 views

कबाड व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन

काठमाडौं।  काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङ रोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।


आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङ रोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले जनाएका छन् । काठमाडौं महानगरले अदालतको आदेशसमेत नमानेको भन्दै कवाड व्यवसायीहरुले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

प्रदर्शनमा सहभागीहरूले कवाडीमाथि डोजर आतंक बन्द गर, अदालतको निर्णयको सम्मान गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका