१२ असार २०८१, मंगलवार

ताजा खबर

शुधिर राज श्रेष्ठको लेकाली ठिटि नामक म्युजिक भिडियो सार्वजनिक

नागरिक पोष्ट

शनिबार, २ असार २०८१

1769 views

1769 views

शुधिर राज श्रेष्ठको लेकाली ठिटि नामक म्युजिक भिडियो सार्वजनिक

असार १, काठमाडौं । गायक तथा मोडल शुधिर राज श्रेष्ठको स्वरमा रहेको लेकाली ठिटि लाईभ नेपाल नेटवर्क युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ। गुल्सन टण्डनको सब्द तथा सङ्गित रहेको उक्त गितको बिक्रम कार्किले एरेन्ज गरेका छन् ।

शहर बाट  केहि साथिहरु गाउमा घुम्न जादा डाडामा गाउकि केटिले गित गुनगुन गुनाउदै भेडा बाख्रा चराउदै गरेको देख्छन र सोहि क्रममा उक्त केटाहरु केटि भएको ठाउमा जान्छन्। रमाउदै जिस्किदै गर्दै गर्दा एक जना केटाले केटिलाई मन पराउछन र सोहि क्रममा केटा केटिको माया बस्छ । 

माया प्रेमको रमाईलो कथा समिटिएको उक्त म्युजिक भिडियो धेरैनै राम्रो बन्न पुगेको छ। बासु बरालको छायाँकन , सरोज सुनारको सम्पादन तथा पुष्कर राज पाण्डे र सरोज सुनारको निर्देशनमा माधुरि देवि श्रेष्ठको लगानिमा निर्माण गरिएको छ ।

 शुधिर राज श्रेष्ठ र रिचा थापाको मुख्य अभिनय रहेको छ भने रोशन सिवाकोटि , केदार बराल, बिजु मुखिया र रन्जिब टन्डनको सहायक भुमिका रहेको छ। भने भिडियोमा सुन्दर दृश्य देखिनुका साथै भेडा बाख्राको दृश्यले भिडियो झनै उत्कृष्ट बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका