१२ असार २०८१, मंगलवार

ताजा खबर

हिमालयन बर्गर हार्डरक इन्टरनेशनलको प्रतिष्ठित वल्ड बर्गर टुरको शिर्ष ५ स्थानमा पर्न सफल

नागरिक पोष्ट

शनिबार, २ असार २०८१

766 views

766 views

हिमालयन बर्गर हार्डरक इन्टरनेशनलको प्रतिष्ठित वल्ड बर्गर टुरको शिर्ष ५ स्थानमा पर्न सफल

काठमाडाैं । नेपालको हिमालयन बर्गर हार्डरक इन्टरनेशनलको प्रतिष्ठित वल्ड बर्गर टुरको शिर्ष ५ स्थानमा पर्न सफल भएको छ । हार्डरक क्याफे काठमाडौंको बर्गर भारत, रोमानिया, अमेरिका, ब्राजिलको बर्गरसँगै शिर्ष ५ मा पर्न सफल भएको हो।  योसँगै आजदेअि नेपाली बर्गर विश्वभरका १५४ हार्ड रक क्याफेहरूमा लन्च हुनेछ । हार्ड रक क्याफे काठमाडौंले आफ्नो ५३ औं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रम आयोजना गरी हिमालयन बर्गरलाई विश्वव्यारी रुपमा प्रतिस्प्रर्धा गर्न पाउँदा खुशी व्यक्त गरेको छ ।

यस्तै क्याफेका सहायक महाप्रवन्धक नारायण सुवेदीले हिमालयन बर्गर विश्व बर्गर टुरको शीर्ष ५ पर्नु गुणस्तर र पाक उत्कृष्टताप्रतिको प्रतिवद्धताको प्रमाण भएको बताए ।

नेपाली स्थानिय मसला र हिमालयन जडिबुटीको विशेष मिश्रणले विश्वमा नेपाली बर्गरले परक पहिचान बनाएको छ । जुन १४ देखि सेप्टेम्बर २ सम्म चर्चित हिमालयन बर्गर सहित वर्ल्ड बर्गर टुरका सबै शीर्ष ५ बर्गरहरू हार्ड रक क्याफे काठमाडौंमा उपलब्ध भइसकेका छन् ।

यस अवधिमा, अतिथिहरूले हार्ड रक क्याफे काठमाडौंमा शीर्ष ५ बर्गरको मजा लिन सक्छन् भने अन्तिम विजेता निर्धारण गर्न मद्दत गर्न आफ्नो भोट दिन सक्छन्। यस चरणको अन्त्यमा एक उत्कृष्ट बर्गरलाई विश्व बर्गर टुर च्याम्पियनको ताज लगाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका