१२ असार २०८१, मंगलवार

ताजा खबर

नाट्टा अध्यक्षमा थपलिया निर्वाचित, को–को बने पदाधिकारी र सदस्यहरू ?

नागरिक पोष्ट

शनिबार, २६ जेष्ठ २०८१

1684 views

1684 views

नाट्टा अध्यक्षमा थपलिया निर्वाचित, को–को बने पदाधिकारी र सदस्यहरू ?

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा०को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन् ।

 

निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहाललाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका नवनिर्वाचित अध्यक्ष थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध रहँदै आएका छन् ।

नाट्टाको ५७औँ वार्षिक साधारणसभा एवम् निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै, महासचिवमा युविका भण्डारी विजयी भएकी छिन् भने सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सह–कोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, सदस्यमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेल विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका