१२ असार २०८१, मंगलवार

ताजा खबर

ललितपुर महानगर र भारतीय दूतावासको सहकार्यमा वृक्षारोपण

नागरिक पोष्ट

बुधबार, २३ जेष्ठ २०८१

1973 views

1973 views

ललितपुर महानगर र भारतीय दूतावासको सहकार्यमा वृक्षारोपण

काठमाडौं । भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवसका अवसरमा बुधबार वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ।

ललितपुर महानगर(१ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसरनजिकै विशेष वृक्षारोपण कार्यक्रममा गरिएको हो।


उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमी सहभागी थिए । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेनाका लागि साझा प्रतिबद्धतामा जोड दिइएको थियो ।


भारतीय राजदूत श्रीवास्तवले सम्बोधनका क्रममा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैल्याउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्नेबारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्नु आवश्यक रहेको बताए।

वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले कार्यक्रममा बोल्दै भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिए । त्यसक्रममा १५० वटा वृक्षहरू रोपिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका