१२ असार २०८१, मंगलवार

ताजा खबर

मे महिनामा ९० हजार पर्यटक मात्र नेपाल भित्रिए

नागरिक पोष्ट

बुधबार, २३ जेष्ठ २०८१

1293 views

1293 views

मे महिनामा ९० हजार पर्यटक मात्र नेपाल भित्रिए

काठमाडाैं । अंग्रेजी वर्ष २०२४ काे मेमहिनामा नेपाल आउने पर्यटकको संख्या घटेको छ । गत अप्रिलमा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएकाेमा मे महिनामा ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

गत अप्रिलको तुलनामा मे महीनामा पर्यटकको संख्या घटे पनि गत वर्षको सोही महीनाको तुलनामा भने १६ प्रतिशतले बढेको छ । सन् २०२३ को सोही महीनामा ७७ हजार ७०३ जना विदेशी पर्यटक आएका थिए ।

मेमा  ३८ हजार २८८ जना भारतीय पर्यटक नेपाल घुम्न आएका छन् । यस्तै, अमेरिकाबाट ८ हजार ५२७ जना नेपाल आएका छन् भने चीनबाट ८ हजार ३८१ जना नेपाल घुम्न आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका