२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

उषा उप्रेतीको नाटकिय प्रेममा फसे एलपी शर्मा

नागरिक पोष्ट

शुक्रबार, १९ माघ २०८०

2823 views

2823 views

उषा उप्रेतीको नाटकिय प्रेममा फसे एलपी शर्मा

काठमाडौं । गायक प्रमोद खरेल स्वरवद्ध नयाँ गीति भिडियो ुमनमा पर्‍यो चोटु सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ ।

स्वार्थ केन्द्रीत प्रेमको जालमा फसाएर एक युवतीले युवकको जीन्दगीमाथि गरेको खेलबाँडलाई भिडियोमा फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । पछिल्लो समयमा युवा युवतिमा फस्टाउँदो नाटकीय प्रेम र त्यसले सम्वन्धित व्यक्तिको जीवनमा ल्याउने उतारचढावलाई निर्देशक गौरव गिरीले भिडियोमा चित्रण गरेका छन् ।

 मोडलद्वय एलपी शर्मा र उषा उप्रेतीको जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ । साथमा कलाकार भद्रजंग कुँवर समेत अभिनयमा रहँदा दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्कालाई पनि देख्न सकिन्छ ।

गौरव गिरी र एलपी शर्माको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका उदयिमान संगीतकार रोहित देउवाले संगीत भरेका छन् । एरेञ्जको काम विषम आचार्यको छ भने मिक्सिङ तथा मास्टरिङ सजन शाहको छ ।

बसन्त कुँवरले छायांकन गरेको भिडियोमा कालिञ्चोक आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ । सम्पादन बलभद्र कुँवरको रहँदा मेकअपमा सरस्वती श्रेष्ठ र प्रोडक्सन म्यानेजरमा दिनेश खड्का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका