२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

युरोपेली शहरमा पर्यटककको ओइरो, व्यवस्थापन गर्न सरकारको पर्यटक करबढाउने निर्णय

नागरिक पोष्ट

बिहीबार, १३ बैशाख २०८१

8620 views

8620 views

युरोपेली शहरमा पर्यटककको ओइरो, व्यवस्थापन गर्न सरकारको पर्यटक करबढाउने निर्णय

काठमाडौं : युरोपका विभिन्न शहरहरु अत्यधिक पर्यटकका कारण दिक्क हुन थालेका छन् । ठूलो संख्यामा पर्यटकहरु भित्रिन थालेपछि युरोपका विभिन्न शहरहरुले नियन्त्रणका लागि अनेक उपायहरु अपनाउन थालेका छन् । 
यसैक्रममा, ‘ओभरटुरिजम’ नियन्त्रणका उपायहरु घोषणा गर्ने इटालीको मिलान पछिल्लो युरोपेली शहर बनेको छ ।थेग्न नसक्ने गरी पर्यटक आउन थालेपछि युरोपको फेसन राजधानी मिलानले अबेर रातीसम्म हुने गतिविधि कम गर्ने लक्ष्यसहित नयाँ नियमहरु प्रस्ताव गरेको छ । मिलानले साताका दिनहरुमा राती १२ः३० बजे र सप्ताहन्तमा राती १ः३० बजेपछि पिज्जा र आइसक्रिम बिक्रीमा प्रतिबन्ध लगाउने, साथै रेस्टुरेन्ट र बारहरुको बाहिरी क्षेत्र बन्द गर्ने समय तालिका लागू गर्ने तयारी गरेको छ ।
हालैका वर्षहरुमा विशेषगरी ग्रीष्म ऋतुमा न्यानो मौसम र बलौटे समुद्री तटहरु खोज्ने पर्यटकहरुको आगमन अभूतपूर्व स्तरमा पुगेका कारण युरोपले विभिन्न चुनौतीहरुको सामना गरेको छ । सन् २०२३ को ग्रीष्म ऋतुमा ग्रीसमा १ करोड ६९ लाख पर्यटकहरुको भित्रिएपछि नयाँ कीर्तिमान कायम भएको थियो । पर्यटकहरुको आगमनमा उच्च वृद्धिले युरोपभरका गन्तव्यहरुलाई अत्यधिक भीड व्यवस्थापनका विभिन्न उपायहरु लागू गर्न प्रेरित गरेको थियो ।ग्रीसका अधिकारीहरुले पर्यटकहरुको अत्याधिक भीड नियन्त्रण गर्नका  लागि धेरै परीक्षणहरु लागू गरेको छ ।
 एक्रोपोलिस शहरमा नयाँ टाइम स्लट प्रणालीले प्रवेशको लागि लामो लाम र घण्टौं लामो प्रतीक्षा समय घटाउने लक्ष्य राखेको छ । ग्रीस सरकारले देशको रमणीय समुद्री किनारहरुमा भीड कम गर्न प्रतिबन्धहरु पनि लागू गरिरहेको छ । यससँगै, संरक्षित समुद्र तटहरुको सूची जारी गर्दै त्यहाँ बार र रेस्टुरेन्टहरुको संख्यामा सीमा तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका