२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

आधा दुःख घटाएरको भिडियो सार्वजनिक

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

3231 views

3231 views

आधा दुःख घटाएरको भिडियो सार्वजनिक

काठमाडौँ । गायक किरण भुजेलको स्वर रहेको गीत आधा दुस्ख घटाएरको भिडियो सार्वजनिक भएको छ। बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत सृजना रहेको गीतमा शब्द सिएल शर्माको रहेको छ । सार्वजनिक गीत मेल भर्सनमा तयार पारिएको हो । यस अघि  फिमेल भर्सनमा गायिका रचना रिमालले स्वर दिएकी थिइन् । जसमा  एरेन्ज संजिब बराइलीको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ । त्यस्तै भिडियोमा सम्राट अधिकारी, लालना चिमरिया, सुरविर पण्डित, सान्नानी आचार्य, आाशा रोकाको अभिनय रहेको छ ।

अन्तारजातीय प्रेम गरेका जोडीलाई परिवारले अस्विकार गरेपछि भोग्नु परेको असहज परिस्थितीको वर्णन गरिएको छ । जहाँ अप्ठ्यारो अवस्थामा पनि प्रेम मर्दैन भन्ने कुरालाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा देखाउन खोजेका छन् । भिडियोको सम्पादन तथा कलरिगं मनोज कार्कीले गरेका हुन्  भने भिडियो  बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको अफिसियल च्यानलबाट बजारमा  आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका