१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

सिन्धु फुड प्रोडक्सको भब्य वनभोज कार्यक्रम

नागरिक पोष्ट

सोमबार, ८ माघ २०८०

3622 views

3622 views

सिन्धु फुड प्रोडक्सको  भब्य वनभोज  कार्यक्रम

८  ,माघ काठमाडौं ।  गुणस्तरीय  मासुको व्यवसायमा छुट्टै पहिचान बनाउन  सफल  सिन्धु फुड प्रोडक्स प्रालि टोखाले भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंको चोभारमा सोमबार संचालक,स्टाफ  अन्य उत्साहजनक सहभागिताका बीच मनोरञ्जनात्मक क्रियाकलापका साथ पिकनिक कार्यक्रम सम्पन्न भएको हो ।

पिकनिकमा सहभागीहरुलाई सम्बोधन गर्दै कम्पनिका संचालक एवमं निर्देशक  बद्री बस्नेतले  पछिल्लो समय हामी  काममा धेरै व्यस्त भयौँ त्यसैले  यस्ता खालका रिफ्रेस्मेन्ट  भेटघाट कार्यक्रमहरुले पारस्परिक भाइचारा, सद्भाव र सौहाद्रता कायम गर्ने भएकाले  सिन्धु फुड प्रोडक्स प्रालि टोखाले आगामी दिनमा पनि निरन्तरता दिने भन्दै उत्साहाजनक सहभागिताका लागि धन्यबाद दिए। 

सिन्धु फुड प्रोडक्स प्रालि टोखाले ताजा र स्वच्छ मासु उपलब्ध गराउनको लागि  उत्पादन गर्नेदेखि  आधुनिक प्रविधिको फ्रेस हाउसको अवधारणा सहित हस्पिलिटी क्षेत्र  होटल , रिसोर्ट ,रेस्टुरेन्ट, क्लब, बार,  पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट लगाएतलाई गुणस्तरीय  स्वस्थ्य वर्द्धक  सम्पूर्ण  मासुजन्य परिकारको सुपथ मूल्य खरिदबिक्री गर्दै आएको  छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका