३१ बैशाख २०८१, सोमबार

ताजा खबर

सिप्रदी र नबिल बैंकबीच टियागो ईभीका लागि सहज कर्जाका लागि सम्झौता

नागरिक पोष्ट

शनिबार, १५ बैशाख २०८१

2653 views

2653 views

सिप्रदी र नबिल बैंकबीच टियागो ईभीका लागि सहज कर्जाका लागि सम्झौता

काठमाडौं । नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

टाटा टियागो इभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंकको नेपालभरीका शाखाहरुमार्फत ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा टाटा टियागो इभी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट ९।९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जाको सुविधा पाउने उल्लेख गरिएको छ ।


टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।


टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक भएको बताइन्छ । हालसम्म यस गाडीका १ हजार ६०० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धी भईरहेको कम्पनीले जानकारी गराएको छ । टियागो इभी अहिले ५ लाख २९ हजार डाउनपेमेन्टमा नेपाली बजारमा उपलब्ध छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका