१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

सिकाईमा नयाँ गन्तव्य, नेपाली मौलिक अवधारणा : कश्यप एकेडमी ।

नागरिक पोष्ट

मंगलवार, २७ चैत्र २०८०

1599 views

1599 views

सिकाईमा नयाँ गन्तव्य, नेपाली मौलिक अवधारणा : कश्यप एकेडमी ।

काठमाडौं । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण  तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट  व्यावसायिक एवं गुणस्तरीय  शिक्षा प्रदान गर्ने ,विज्ञान-प्रविधि, आध्यात्मिकता र उद्यमशीलताको संगम मैत्रीनगर–२, कीर्तिपुरमा रहेको  कश्यप एकेडेमी विद्यार्थीहरुको पहिलो रोजाइमा पर्दै आएको छ । 
आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै   कश्यप एकेडेमीले  विद्यार्थीको सिकाइ र उनीहरूको भविष्यलाई बढी महत्व दिदै  लामो समय शैक्षिक अनुभव बटुलेका  शिक्षक, शिक्षिकाबाट  अंग्रेजी माध्यममा पढाइ, अतिरिक्त क्रियाकलाप र पारिवारिक वातावरणमा  आउने शैक्षिक सत्रबाट केही नयाँ योजनाहरू सहित  कक्षा नर्सरीदेखि कक्षा नौ सम्म नयाँ भर्ना खुला गरेको स्कुलको  संस्थापक प्रिन्सिपल, आर.बी. अधिकारीले बताउनु भयो ।
कश्यप एकेडेम स्कुलले  छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै  विद्यार्थी अनुकूल शिक्षण पद्धती अनुसार शिक्षण सिकाइ गरिने भएकोले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको पनि  अधिकारीले  बताउनु भयो  ।

स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा फराकिलो खेलमैदान, उपयुक्त कक्षा कोठाहरू, अत्याधुनिक सुविधा सम्पन्न भवन,  पुस्तकालय , स्तरीय प्रविधि प्रयोगशाला,सुरक्षा व्यवस्था पूर्णरुपमा सुरक्षित एवं व्यवस्थित, यातायातको आवश्यकता रहेका विद्यार्थीलाई सवारी साधनको व्यवस्था  उपलब्ध छन् । जहाँ सुरिक्षत तवरले शान्त वाताबरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका