२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

पूर्वी इन्डोनेसियामा हेलिकोप्टर सम्पर्कविहीन

नागरिक पोष्ट

बुधबार, ९ फाल्गुन २०८०

2109 views

2109 views

पूर्वी इन्डोनेसियामा हेलिकोप्टर सम्पर्कविहीन

जकार्ता । इन्डोनेसियाको पूर्वमा पर्ने उत्तरी मालुकु प्रान्तमा तीन यात्रु बोकेको एउटा हेलिकोप्टर मङ्गलबारदेखि सम्पर्कविहीन भएको छ । मङ्गलबारदेखि उक्त हेलिकोप्टर बेपत्ता भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका प्रमुख फतुर रहमानले बुधबार बताएका हुन् ।

बेपत्ता हेलिकोप्टरको खोजी कार्य जारी छ । स्थानीय समयअनुसार दिउँसो १ः१६ बजे हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविच्छेद भएको थियो ।


बेपत्ता हुनुअघिसम्म उक्त हेलिकोप्टर हलमहेरा तेङ्गाह जिल्लामा जङ्गलमाथि उडिरहेको जनाइएको छ । रहमानका अनुसार पिटी वेडा बे निकेल फर्मद्वारा सञ्चालित हेलिकोप्टरमा तीन यात्रु सवार थिए ।

तिनमा दुई पाइलट र एक यात्रु थिए । कार्यालयका तीन सय कर्मचारी, सैनिक र प्रहरीको संयुक्त उद्धार टोली हेलिकोप्टरको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको क्षेत्रमा गइरहेको रहमानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका