३१ बैशाख २०८१, सोमबार

ताजा खबर

पनौतीलाई विश्व सम्पदा सूचीकरण गर्दै पनौती नगरपालिका

नागरिक पोष्ट

शनिबार, ६ माघ २०८०

4421 views

4421 views

पनौतीलाई विश्व सम्पदा सूचीकरण गर्दै पनौती नगरपालिका

काठमाडौं । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक(सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि काम अन्तिम चरणमा पुगेको छ । स्थानीय सरकारको पहलमा पनौतीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन तीव्र तयारी गरिएको हो । पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौती क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने पहल भएपनि अहिलेसम्म सफल नभएको बताए ।
उनले युनेस्कोले दिएको मापदण्ड अधिकांश पूरा भइसकेकाले अब केही मापदण्ड पूरा गरेर पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको बताए ।

उनले नगरपालिकाले अहिले संरक्षणका लागि व्यवस्थापकीय योजना निर्माण गरिरहेको बताए । उनले व्यवस्थापन योजना बनाइसकेपछि पुरातत्व विभाग हुँदै युनेस्कोमा तयारी रहेको बताए ।

उनले अबको दुई महिनाभित्रमा व्यवस्थापकीय योजना बनिसक्ने बताए । व्यवस्थापकीय योजना बनाइसकेपछि युनेस्कोमा पहल गर्ने उनको भनाइ छ । कानूनहरु नबन्दा पनि कतिपय स्थानमा समस्या उत्पन्न भइरहेको उनको भनाइ छ ।

नगर प्रमुख भण्डारीले सांस्कृतिक सम्पदाहरु सबैका साझा र देशको सम्पत्ति हो भन्ने सोचेर काम अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै पनौतीस्थित इन्द्रेश्वर महादेवका पुजारी रमेशप्रसाद जंगमले पनौति शहर धेरै पुरानो शहर भएकाले विश्व सम्पदा सूचीमा सूचिकृत हुनुपर्नेमा जोड दिए । उनले शहरमा रहेका आधुनिक ८० भन्दा बढी सम्पदाहरुलाई पुरानै शैलीमा निर्माण गरेर विश्व सम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका