१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु हुने

नागरिक पोष्ट

बुधबार, २ फाल्गुन २०८०

3163 views

3163 views

नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु हुने

नेपालगञ्ज । नेपालगञ्ज–जनकपुर हवाई सेवा यहीँ सातादेखि सुरु हुने भएको छ । 

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिनुभयो । यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगञ्जको बागेश्वरी मन्दिर र जनकपुर मन्दिरलाई जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।  

नेपालगन्जमा बागेश्वरी मन्दिर बाहेक नेपालगञ्जमा अन्य धार्मिक मठमन्दिर र पर्यटकीयस्थलसमेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका