२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

नेपाल टेलिकमको Winter अफर सार्वजनिक, १०९ रुपैयाँमा ६ जीबी डाटा

नागरिक पोष्ट

शुक्रबार, २७ पुष २०८०

4863 views

4863 views

नेपाल टेलिकमको Winter अफर सार्वजनिक,  १०९ रुपैयाँमा ६ जीबी डाटा

काठमाडौं– नेपाल टेलिकमले ‘विन्टर अफर–२०८०’ सार्वजनिक गरेको छ । आज देखि लागु हुने गरी सार्वजनिक गरिएको अफरमा फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको कम्पनीले जनाएको छ ।

यस अनुसार १ दिनका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछन् । त्यसै गरी ७ दिनका लागि१०९ रुपैयाँमा ५ जीबी र २८ दिनका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसै गरी २ घण्टाका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका