१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

साउदीसँग श्रम सम्झौता गर्न प्रस्ताव

नागरिक पोष्ट

सोमबार, २९ माघ २०८०

3962 views

3962 views

साउदीसँग श्रम सम्झौता गर्न प्रस्ताव

काठमाडौँ । नेपालले साउदी अरेबियासँग एक महिनाभित्रै श्रम सम्झौतालाई अन्तिम रूप दिन प्रस्ताव गरेको छ ।

युएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’मा सहभागी हुन पुगेका दुबै देशका श्रम अधिकारीहरूको ‘साइडलाइन’ बैठकमा साउदी अरेबियाले एक महिनाभित्रै श्रम सम्झौतामा हस्ताक्षर गर्ने वातावरण बनाउने आश्वासन दिएको छ 


आठ वर्षदेखि नेपाल साउदी अरेबियासँग श्रम समझदारी गर्ने प्रयासमा रहेपनि सफल भएको छैन । साउदी अरेबियाले श्रमिकको हितको विषयमा नेपालले गरेका थुप्रै प्रस्ताव स्वीकार नगर्दा सहमति जुट्न सकेको छैन ।

आइतबारको बैठकमा नेपाली पक्षले प्रस्तावित सम्झौतामा ‘स्वच्छ भर्ना प्रणाली’ सहित सामाजिक सुरक्षा, कार्य घण्टा, बीमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयहरूको सम्बोधन गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका