१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

नेपाली सांगीतिक क्षेत्रको एक होनहार प्रतिभा नीमा शेर्पा को हुन् ?

नागरिक पोष्ट

बुधबार, १० माघ २०८०

8960 views

8960 views

नेपाली सांगीतिक क्षेत्रको एक होनहार प्रतिभा नीमा शेर्पा को हुन् ?

काठमाण्डौ । दोलखाको जिरीमा जन्मिएका गायक नीमा शेर्पा नेपाली सांगीतिक क्षेत्रको एक होनहार प्रतिभा हुन् ।
बाल्यकालदेखि नै संगीतमा रुची राख्ने नीमा सन् २००० मा पहिलो पटक स्टेजमा गएका थिए।
 पहिलो चरणको कार्यक्रमबाटै दर्शकको मन जित्न सफल नीमा त्यसपछि दोलखा जिल्लामा हुने हरेक कार्यक्रममा निरन्तर गीत गाएर जिल्लाभर नै चर्चित कलाकार बनेका छन् ।
राजधानीबाट टाढा बस्दा उनको सांगीतिक यात्राले गति लिन सकेन र उनी डिप्रेसनमा परे ।
लामो समयको विश्रामपछि उनले नेपाल स्टार नामक रियालिटी शो मार्फत फेरि एकपटक संगीतमा आफूलाई परिक्षण गरे र हजारौंमध्ये उत्कृष्ट ४८ मा पुग्ने यात्रा तय गरे ।
रियालिटी शोबाट बाहिरिए पनि उनी धेरै संगीतकारको नजरबाट उम्कन सकेनन् ।
राजधानीबाट टाढा भएकाले पहिलो अवसर पाउन डेढ वर्ष कुर्नुपरेको थियो । प्रसिद्ध संगीतकार सी।एल। शर्माले रेश्माईको डोरी गीतबाट नीमालाई ब्रेक दिए । त्यसपछि उनले केही गीत रेकर्ड गरे जुन कहिल्यै रिलिज भएनन् । 
यसैबीच, उनको पहिलो रेकर्ड गरिएको गीतले तेस्रो नाटेश्वर संगीत पुरस्कार २०२३ मा उत्कृष्ट समकालीन गायकको लागि जुरी च्वाइस अवार्ड जित्यो । अवार्ड पाएपछि उनलाई गीतको अफर आउन थाल्यो । मेरो जिन्दगीको यात्रा, न म आकाशको जुन हुन, रमाईलो पल भन आज जस्ता गीत बजारमा आएका थिए ।
उनले नेपालको आधिकारिक टेलिभिजन च्यानल नेपाल टेलिभिजनमा दर्ता भएको राष्ट्रिय गीत पनि गाएका थिए। गीतलाई दर्शकले मन पराएका छन् र हालै  दोस्रो राष्ट्रिय जीवन्त नेपाल संगीत पुरस्कार २०२३ मा उत्कृष्ट राष्ट्रिय गीत गायकको अवार्ड पाएका छन् ।
हालसम्म ४ वटा अवार्ड जितिसकेका गायका नीमा केही दिन अघि जिरीमा आयोजित एक कार्यक्रममा आफ्नो प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिन फर्किएका छन् । उनी विगत ७र८ महिनादेखि संगीतमा पूरै व्यस्त भएर राजधानी काठमाडौं सरेका छन् ।
 आलोक श्री, नागेन्द्र श्रेष्ठ, भूपेन्द्र रायमाजी, सीएल शर्मा, सुरेन चन्दजस्ता वरिष्ठ संगीतकारसँग काम गरिसकेका उनले नयाँ पुस्ताका सफल संगीतकार दीपक शर्मा, पवन रानाभाट, टेम्बा शेर्पासँग पनि काम गरिरहेका छन् ।
सङ्ख्या बढाउनुभन्दा पनि गुणस्तरीय गीत गाउनुपर्छ भन्ने धारणा राख्ने उनका आधा दर्जनभन्दा बढी गीत रिलिजको तयारीमा छन् ।
 संगीतका अलावा नीमा आफ्नो व्यवसायमा पनि व्यस्त देखिन्छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका