१६ बैशाख २०८१, आईतवार

ताजा खबर

नेपाल र भारतबीच तिन महिनाका लागि विद्युत् आयात सम्झौता नवीकरण

नागरिक पोष्ट

शुक्रबार, १६ चैत्र २०८०

1497 views

1497 views

नेपाल र भारतबीच तिन महिनाका लागि विद्युत् आयात सम्झौता नवीकरण

काठमाडाै । नेपाल र भारतबीच तिन महिनाका लागि विद्युत् आयात सम्झौता नवीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो ।

प्राधिकरणका अनुसार हाल नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।  सम्झौता तीन महिनाका लागिमात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ ।

तर नेपालकाे सुख्खा याममा करिव डेढ महिना मात्र विद्युत अभाव भएपनि पछि नेपालकाे आफ्नै उत्पादन पर्याप्त हुने र निर्यात समेत गर्न सकिने भएकाले लाेड सेडिङकाे समस्या नहुने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका