१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

तपाईको भाग्य र भविष्य: २०८० साल चैत महिनाको राशिफल हेर्नुहोस्

नागरिक पोष्ट

शुक्रबार, २ चैत्र २०८०

11765 views

11765 views

तपाईको भाग्य र भविष्य: २०८० साल चैत महिनाको राशिफल हेर्नुहोस्

काठमाडौं ।  २०८० साल चैत २ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च १५ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। 

२०८० चैत महिनाको राशिफल 

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

यो महिनामा तपाईंको राशिबाट बाह्रौं भावमा सूर्यले भ्रमण गर्नाले आर्थिक समस्याले सताउन सक्छ । चोटपटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । २० गतेबाट घुमफिर र भ्रमणको योग रहेको छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । शेयर बजारले पनि साथ दिनेछ । 

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

चैत्र महिना समग्रमा सकारात्मक नै रहेको छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारमा लगानीको अवसर मिल्नेछ । सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । गरेको कार्यमा सफलता पाइनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आफन्तजनबाट भने सजग रहनु नै उचित हुनेछ । 

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

चैत्र महिनामा पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । जोशजाँगर र हिम्मत बढ्ला । वाहन लाभ हुने समय आएको छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । स्वास्थ्य क्षेत्र चैं निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । 

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो महिनामा लामो समयदेखि रोकिएका अधुरा कामहरू विस्तारै अघि बढ्न सक्छ । विचार र बौद्धिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सामाजिक कार्य गरेर जनताको गतिलो समर्थन र लोकप्रियता आर्जन गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । 

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

यो महिनामा पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मध्य महिनामा मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क २,९ 

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

यो महिनामा तपाईंको राशिबाट द्वितीय भावमा सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्ला । नयाँ कार्य प्राप्तिको योग छ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्ने छन् । महिनाको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ । 

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

यो महिनामा सफल सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ । काम देखाएर अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । रुघाखोकीको समस्या बढ्ला । आर्थिक समस्याले पनि सताउला । 

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो चैत्र महिनामा आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । मध्य महिनाबाट नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ । प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ । टाडिएका परिवारजनसँग भेटघाट हुनेछ । सामाजिक र राजनैतिक कार्यबाट सफलता मिल्ने 

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

यो महिनामा मिश्रित फल मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । २२ गतेबाट स्वास्थ्य प्रति सजग रहनु उचित हुने देखिन्छ । कमजोरी बाहिर आउनाले जागिरमा समस्या पर्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल चैं भइँदैन 

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

चैत्र महिनामा कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पुँजी बजारमा लगानीको अवसर पनि छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा सेतो हो । 

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

चैत्र महिनामा नयाँ कार्यको योजना भने बन्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । १८ गतेबाट व्यापार व्यवसायबाट भने त्यति लाभ हुनेछैन । सोचेको जस्तो सफलता अलि मिल्ने छैन । पुँजी बजारको लगानी पनि नोक्सानी हुन सक्छ 

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

यो महिनामा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ । महिनाको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । नाक तथा घाँटीमा समस्या पनि आउला । 

Source :  

Hamro Patro

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका