१ जेष्ठ २०८१, मंगलवार

ताजा खबर

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

नागरिक पोष्ट

शनिबार, ६ माघ २०८०

2466 views

2466 views

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गगरेका छन् । शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन्।

भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क ९सिपिएफ० र नेपालको १६औँ विकास योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ । आयोगका उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औँ योजना पूर्वाधार, सामाजिक क्षेत्र लगायत खासगरी उत्पादन र राजगारीमा केन्द्रीत हुने बताए ।

उपाध्यक्ष श्रेष्ठले विकास लागि भएका संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६औँ योजनाले विशेष ध्यान दिने बताए । विश्व बैंक लगायतका विकास साझेदारहरुले नेपालका लागि गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यबाद समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका